दफा ३६४
फलोपभोगको व्यवस्था रद्द गर्न सक्ने

(१) दफा ३६३ मा जुनसुकै कुरा लेखिएको भए तापनि फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति हानि, नोक्सानी गरेमा, दुरूपयोग गरेमा, जुन प्रयोजनको लागि फलोपभोग अन्तर्गत सम्पत्ति लिएको हो त्यस अनुरूप सम्पत्ति प्रयोग नगरेमा वा अन्य कुनै किसिमले त्यस्तो सम्पत्तिमा स्वामित्ववालाको हक अधिकार उपर प्रतिकूल असर पार्ने कुनै काम गरेमा सम्बन्धित स्वामित्ववालाले जुनसुकै बखत फलोपभोगको व्यवस्था रद्द गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम फलोपभोगको व्यवस्था रद्द भएमा फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति फिर्ता गर्नु पर्नेछ ।